ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखा कार्यालयहरूबाट सहज रूपमा अमेरिकी डलर सटही सुविधा उपलब्ध गराउन थालेको छ।

विदेश भ्रमण, वैदेशिक अध्ययन तथा व्यापारिक सिलशिलामा जाने सेवाग्राहीहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता पुऱ्याउने उद्देश्यले बैंकले यो सेवा उपत्यकाका सबै शाखाहरूमा विस्तार गरेको हो।

ad

अब डलर सटही गर्न चाहने ग्राहकहरूले पायक पर्ने जुनसुकै शाखामा पुगेर सेवा लिन सक्नेछन्। यसका लागि सम्बन्धित देशको भिसा, पासपोर्ट (राहदानी) र हवाई टिकट अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय नीति र तोकिएको सीमाअन्तर्गत रहेर सेवाग्राहीलाई नगद वा कार्डमार्फत अमेरिकी डलर उपलब्ध गराइनेछ।

यसअघि सीमित र मुख्य शाखाहरूबाट मात्रै नगद डलर लिनुपर्ने बाध्यता रहेकामा अब सबै शाखाबाट सेवा उपलब्ध भएसँगै ग्राहकहरूको समय बचत हुनुका साथै यात्रा थप सहज हुने बैंकको विश्वास छ।

यस सेवासम्बन्धी थप सोधपुछका लागि ग्राहक सेवा केन्द्र 'ग्लोबल कनेक्ट' को फोन नम्बर ०१-५९७०६०० वा इमेल globalconnect@gibl.com.np मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।