काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखा जिल्लाका ६ वटा सामुदायिक विद्यालयलाई विशेष सहयोग प्रदान गरेको छ ।

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालिका–१, गोदामचौर, ललितपुरस्थित दमाइटार आधारभूत विद्यालय, नरहरीनाथ गाउँपालिका–६, कालिकोटस्थित नन्दादेवी माध्यमिक विद्यालय, शिखर नगरपालिका–५, तिजाली, डोटीस्थित राधाकृष्ण माध्यमिक विद्यालय, बान्नीगढी, जयगढ, अछामस्थित नन्दा माध्यमिक विद्यालय र राष्ट्रभाषा माध्यमिक विद्यालयका साथै गोरखा नगरपालिका–३, नरेश्वर, गोरखास्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर र शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ ।

ad

हाल ९९ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत दमाइटार आधारभूत विद्यालयलाई २०८३ आश्विन २१ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका काठमाडौं साउथ सर्कल हेड उज्ज्वल रिमाल, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना र सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज ठाकुर श्रेष्ठले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक अमृतनाथ गौतमलाई पानी शुद्धिकरण प्लान्ट र विद्यालय पोशाक हस्तान्तरण गरे ।

त्यसैगरी, ४७२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत नन्दादेवी माध्यमिक विद्यालयलाई २०८३ आश्विन १९ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका कालिकोट शाखा प्रमुख प्रकाश शाहीले उक्त विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापालाई विद्यालय पोशाक, झोला र अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे ।

त्यसैगरी, हाल ३०४ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत राधाकृष्ण माध्यमिक विद्यालयलाई मिति २०८३ आश्विन १५ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका दिपायल शाखा प्रमुख सुधिर भण्डारीले उक्त विद्यालयका उपप्रधानाध्यापक सुरेन्द्र भट्टलाई झोला, एक थान प्रोजेक्टर र शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे ।

त्यसैगरी, १६२ भन्दा धेरै विद्यार्थीहरु रहेको नन्दा माध्यमिक विद्यालयका उपप्रधानाध्यापक दयानन्द पन्त र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम बहादुर सुनारलाई मिति २०८३ आश्विन १३ गते यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले प्रत्येक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।

त्यसैगरी, १८५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई मिति २०८३ आश्विन ६ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका पोखरा सर्कल हेड श्वेता शेरचन तुलाचन र गोरखा शाखा प्रमुख दीपेन्द्र रेग्मीले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक गणेश राज सापकोटालाई झोला र शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे ।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।