काठमाडौं । एनसेलका ग्राहकले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित विशेष छुट पाउने भएका छन् । एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो ।

सम्झौताअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन् । अर्थात् दुई जनाले एक जनाको मूल्यमा उक्त सेवा लिन सक्नेछन् । एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

ad


त्यस्तै, ९९ देखि ४९९ रुपैयाँभन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले स्पा सेवामा एकमुष्ट २० प्रतिशत छुट पाउनेछन् । पर्यटक ग्राहकले भने १० प्रतिशत छुट पाउने एनसेलले जनाएको छ । यी सुविधा नेपाली नागरिक तथा पर्यटकका लागि तोकिएको मापदण्डअनुसार उपलब्ध हुनेछन् ।

अफर लिन ग्राहकले एनसेल एपमा गई ‘पार्टनर्ड सर्भिस’ छनोट गरेर ट्रान्क्विलिटी स्पाको आधिकारिक आउटलेटमा देखाइएको लाभअनुसार सेवा लिन सक्नेछन् ।

एपमा देखाइने सुविधा ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुनेछ । योग्य नभएका ग्राहकले योग्य प्याक वा योजना खरिद गरेर समेत अफर लिन सक्नेछन् ।


साझेदारीसम्बन्धी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले कनेक्टिभिटीसँगै ग्राहकका लागि थप मूल्य र वेलनेस सेवामा पहुँच विस्तार गर्ने बताए ।

एनसेलले आफ्नो बढ्दो साझेदार इकोसिस्टममार्फत ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने प्रयासअन्तर्गत ट्रान्क्विलिटी स्पासँग सहकार्य गरिएको जनाएको छ ।