
काठमाडौँ । शिक्षक सेवा आयोगले यसअघि स्थगित भएका निम्नमाध्यमिक र माध्यमिक तहका खुला प्रतियोगितात्मक लिखित परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ।
आयोगको असोज ७ गते बसेको निर्णयअनुसार यसअघि जेठ ४ गते सूचना जारी गरी स्थगित गरिएका परीक्षाहरू नयाँ तालिकाअनुसार सञ्चालन गरिने भएका हुन्।
आयोगका अनुसार निम्नमाध्यमिक तह, तृतीय श्रेणीको सामान्य परीक्षा मंसिर १२ गते शनिबार दिउँसो १ बजेदेखि हुनेछ।
त्यस्तै माध्यमिक तह, तृतीय श्रेणीको विषयगत लिखित परीक्षा मंसिर १९ गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ।
परीक्षार्थीले परीक्षा केन्द्रसम्बन्धी जानकारी भने पछि मात्रै पाउनेछन्। आयोगले दुवै तहको परीक्षा केन्द्रको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ।
आयोगले परीक्षार्थीलाई निर्धारित तालिकाअनुसार परीक्षाको तयारी गर्न आग्रह गरेको छ।








Facebook Comments