
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २१३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ११८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १५४, हर्न निषेधमा ४०, लेन क्रसमा ६४, अवस्था ठिक नभएको ३९, एकतर्फीमा १५ र अन्यमा १५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।









Facebook Comments