काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ ।

‘शाओमी फर कम्युनिटी’ अन्तर्गत २०० वटा राहत सामग्रीका सेट काठमाडौंका प्रमुखजिल्लाअधिकारी ईश्वरराजपौडेललाई हस्तान्तरण गरिएको छ ।

ad


हालै आएको विनाशकारी बाढी तथापहिरोबाट प्रभावित परिवारहरूको दैनिकजीवनमा केही सहजताल्याउने उद्देश्यले शाओमी नेपालले राहतस्वरूपआवश्यकभान्साका सामग्रीसहितका २०० सेट सहयोग गरेको हो ।

प्रत्येक राहत सेटमा १ वटा प्रेसर कुकर, १ वटा कराइ, ५ वटा प्लेट, ५ वटा चम्चा, ६ वटा कप, ५ वटा कचौरा र १ वटा थर्मस बोतल समावेश गरिएको छ । यसरी २०० सेटमार्फत बाढीपहिरो प्रभावित परिवारका लागि दैनिक खाना पकाउन तथा खानपिनका लागि आवश्यक घरायसी सामग्री उपलब्ध गराइएको छ ।

कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १,००० वटा प्लेट, १,००० वटा चम्चा, १,२०० वटा कप, १,००० वटा बाउल र २०० वटा थर्मस बोतल रहेका छन् ।

‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगीहात’ (ब् ज्भउिष्लन ज्बलम तय च्भदगष्मि भ्खभचथमबथ ीषभ) भन्ने भावनाका साथ गरिएको यस सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारलाई पुनः सामान्यजीवनतर्फ फर्किने क्रममा केही राहत र सहजताप्रदान गर्ने विश्वास शाओमी नेपालले लिएको छ ।

शाओमी नेपालले यसअघि पनिभोटेकोशीनदीमाआएको विनाशकारी बाढी तथापहिरोबाट प्रभावितनागरिकहरूको राहत, उद्धार तथापुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।  पछिल्लो राहत सामग्रीवितरणसँगै शाओमी नेपालले बाढीपहिरोबाट प्रभावित समुदायको तत्कालीनआवश्यकतामा सहयोग पु¥याउने प्रयासलाई निरन्तरता दिएको हो ।

विपद्को कठिन परिस्थितिमाप्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै शाओमी नेपालले आफ्नो सामाजिकउत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथापुनःस्थापनाकाप्रयासमानिरन्तर सहयोग गर्दै आएको जनाएको छ।