काठमाडौं । खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी सङ्गठनहरूले शुक्रबार नेपाल आयल निगमको मुख्यालय घेराउ गरेका छन्।

ग्यासको मूल्य बढाइए पनि बजारमा सहज रूपमा उपलब्ध नभएको भन्दै विद्यार्थी सङ्गठनहरूले निगमको मुख्यालयअगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले थाल र खाली ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै सहज आपूर्तिको माग गरेका थिए।

ad

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘घरमा हाम्रो बास छैन किनभने ग्यास छैन’ लगायतका नारा लगाएका थिए।