काठमाडौँ ।सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मीलाई र रजिस्ट्रारमा आफूलाई नियुक्त गर्नुभएको प्रा.डा. नवराज कट्टेलले जानकारी दिए । आफूहरू नियुक्तिपत्र लिएर शपथका लागि दाङ जान लागेको उनले बताए । 

ad

उक्त विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा यसअघि नै नियुक्त भइसकेका छन् । तीनैजना पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन भएका हुन् । 

सरकारले प्रा.डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।