
काठमाडौं । बाढी पीडितहरुको सहयोगार्थ गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।
विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले संकटको यस घडीमा राष्ट्रको साथमा उभिने प्रतिबद्धता दोहोर्याएको छ ।








Facebook Comments