
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८७२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६८, सिसिटिभिमार्फत ५७, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ११६, हर्न निषेधमा २४, लेन क्रसमा ११, अवस्था ठिक नभएको २५, एकतर्फीमा ७ र अन्यमा ५२४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।









Facebook Comments