
काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ सहयोग गरेको छ।
राष्ट्र बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढीपीडितको सहयोगका लागि राष्ट्र बैंकका गभर्नर, डिपुटी गभर्नरसहित स्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले व्यक्तिगत रूपमा योगदान गरी रकम संकलन गरेका थिए।
राष्ट्र बैंकको गभर्नर कार्यालयका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कर्मचारी तथा पदाधिकारीको सामूहिक सहभागितामा रकम जुटाइएको हो।
संकलित रकम कोषमा जम्मा भएसँगै बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ।








Facebook Comments