
अक्सिडेन्टल पब्लिक स्कुलले रसुवामा भर्खरै गएको बाढीबाट प्रभावित परिवारहरूका लागि २ लाख ५१ हजार रुपैयाँ राहत सहयोग उपलब्ध गराएको छ।
विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रशासनको सक्रिय सहभागितामा सङ्कलन गरिएको उक्त रकम 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' (Prime Minister Disaster Relief Fund) को खातामा जम्मा गरिएको हो।
नबिल बैंकको अनामनगर शाखामार्फत बिहीबार उक्त रकम हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
कठिन परिस्थितिमा परेका बाढीपीडित परिवारलाई यस सानो सहयोगले राहत पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।









Facebook Comments