
काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल ईभी नेपालको बजारमा निकै लोकप्रिय बन्न पुगेको छ । सन् २०२५मा ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेताको रूपमा नियुक्त गरेसँगै अक्वेलले नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको थियो । नाडा अटो शो २०२६ मा पनि यो ईभीलाई अवलोकनकर्ताहरुले निकै मनपराएका थिए ।
दुई दशकदेखि कमर्सियल सवारी साधन उत्पादनमा अब्बल रहेको अक्वेल ईभी (चाइना) लिमिटेड ले पछिल्लो समय विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै आएको छ। कम्पनीले ११ सिटदेखि ठूला विद्युतीय बस र विद्युतीय पिकअप सम्मको सम्पूर्ण लाइनअप उत्पादन गर्छ, जुन विश्वका ७० भन्दा बढी देशहरू मा बिक्री हुँदै आएको छ।
ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक अनुमकुमार बराल का अनुसार, सुरुवाती चरणमा अक्वेलका ११, १४, र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस र भ्यान नेपाल भित्र्याएको छ। यी सवारी साधनहरू नेपालको शहरी र ग्रामीण मार्गहरूमा व्यावसायिक यातायातका लागि उपयुक्त छन्। कम्पनीले भविष्यमा १९ सिट, २५ सिट, र २६ सिटभन्दा ठूला विद्युतीय बस, साथै कार्गो ईभी भ्यान र मध्यम खालका विद्युतीय ट्रक ल्याउने योजना बनाएको छ। बजारको माग र आवश्यकताअनुसार यी सवारी साधनहरू क्रमशः उपलब्ध गराइनेछ।
अक्वेल ईभीको नेपाल प्रवेशले व्यावसायिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ईभी गो नेपाल प्रालिका प्रबन्ध निर्देशक बरालले भने, “अक्वेलका विद्युतीय माइक्रोबस, भ्यान, र बसहरू नेपालको बजारमा गेम–चेन्जर बन्नेछन्। हामी गुणस्तरीय सवारी साधन, किफायती मर्मत, र बलियो सर्भिस नेटवर्कमार्फत ग्राहकको विश्वास जित्न प्रतिबद्ध छौं।”
चीनको फुजियान प्रान्तमा रहेको अक्वेलको अत्याधुनिक उत्पादन प्लान्ट र सान्डोङ प्रान्तमा रहेको केन्द्रीय कार्यालयले कम्पनीको विश्वव्यापी उपस्थितिलाई बलियो बनाएको छ। कम्पनीको आफ्नै च्७म् सेन्टर ले सवारी साधनको डिजाइन र प्रविधिमा निरन्तर नवप्रवर्तन गरिरहेको छ। अक्वेलको मुख्य विशेषता भनेको किफायती र उच्च गुणस्तरका स्पेयर पार्ट्स हो, जुन अन्य चिनियाँ कमर्सियल सवारी उत्पादकहरूको तुलनामा कम मूल्यमा उपलब्ध छन्।









Facebook Comments