
ई कुमार भट्टराई
वैदिक ज्ञानको अध्ययन गर्दा अध्ययनका विभिन्न आयामहरू देखिन्छन्। दृष्टिकोण, धर्मशास्त्र तथा ज्ञानका विभिन्न पक्षहरूमा प्राचीन ग्रन्थहरूमा गहिरो चिन्तन गरिएको पाइन्छ। प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका अन्तर्वस्तु तथा विषयवस्तुका वैज्ञानिक वा आध्यात्मिक पक्षको अध्ययन गर्दा त्यसमा रहेका ज्ञानका विभिन्न आयामहरूलाई बुझ्न सकिन्छ।
यदि आध्यात्मिक पक्षलाई मात्र केन्द्रमा राखेर अध्ययन गर्ने हो भने आधुनिक विज्ञानले व्याख्या गरेका कतिपय विषयहरूलाई पूर्ण रूपमा बुझ्न कठिन हुन सक्छ। त्यसैले विज्ञान र अध्यात्मबीचको सम्बन्धलाई समग्र रूपमा अध्ययन गर्न आवश्यक हुन्छ। आधुनिक सञ्चार तथा विज्ञान प्रविधिको विकासमा पनि यस्ता मूल अवधारणाहरूको प्रभाव र सम्भावना रहेको देखिन्छ।
आधुनिक विज्ञानको विकासले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। वैज्ञानिक आविष्कार र प्रविधिको प्रयोगले मानिसको दैनिक जीवनलाई सहज बनाउनुका साथै ज्ञान तथा सूचना आदान–प्रदानलाई तीव्र र प्रभावकारी बनाएको छ। यसै क्रममा सञ्चार प्रविधिको विकासले विश्वलाई एकअर्कासँग नजिक बनाएको छ।
आधुनिक विज्ञानका विभिन्न आयाम
भौतिकशास्त्र, भूगोल विज्ञान, खगोल विज्ञान लगायतका विभिन्न वैज्ञानिक विधाहरूको अध्ययन गर्दा प्रकृति र ब्रह्माण्डका विषयमा मानिसले प्राप्त गरेको ज्ञानको विस्तार भएको पाइन्छ। आधुनिक विज्ञानले प्रमाण, प्रयोग, अवलोकन तथा तर्कका आधारमा ज्ञानको विकास गर्दै आएको छ।
यस क्रममा पूर्वीय ज्ञान परम्परामा रहेका विभिन्न अवधारणाको अध्ययन पनि उपयोगी हुन सक्छ। पूर्वीय दर्शनमा प्रकृति, ब्रह्माण्ड, मानव चेतना तथा जीवनका विविध पक्षका बारेमा गरिएको चिन्तनलाई आधुनिक वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गर्दा नयाँ ज्ञान प्राप्त गर्न सकिने सम्भावना रहन्छ।
यसका लागि नेपाली प्राज्ञिक क्षेत्रले पनि पूर्वीय दर्शन तथा वैज्ञानिक ज्ञानका बीचको सम्बन्धलाई गहिरो रूपमा अध्ययन गर्न आवश्यक छ। संस्कृत, वेद, उपनिषद् तथा अन्य प्राचीन ग्रन्थहरूमा रहेका ज्ञानका विभिन्न पक्षलाई आधुनिक विज्ञानको दृष्टिकोणबाट अनुसन्धान गर्न सकेमा पूर्वीय ज्ञानको वैज्ञानिक महत्त्वलाई थप स्पष्ट पार्न सकिन्छ।
पछिल्लो समयमा पूर्वीय दर्शन तथा प्राचीन ज्ञानप्रति विश्वस्तरमै चासो बढ्दै गएको देखिन्छ। विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै मानव जीवनमा उत्पन्न भएका विभिन्न प्रश्नहरूको समाधान खोज्ने क्रममा मानिसले प्राचीन ज्ञान परम्परातर्फ पनि पुनः ध्यान दिन थालेको छ।
यसकारण पूर्वीय दर्शन, विज्ञान तथा प्रविधिको अन्तरसम्बन्धको अध्ययन आजको सन्दर्भमा अझ महत्त्वपूर्ण बनेको छ। आधुनिक विज्ञानका उपलब्धिहरूलाई पूर्वीय ज्ञान परम्परासँग तुलना तथा समन्वय गरी अध्ययन गर्न सकेमा ज्ञानको नयाँ आयाम विकास गर्न सकिन्छ।
पूर्वीय दर्शनको वैज्ञानिक तथा दार्शनिक पक्षको अध्ययनले आधुनिक विज्ञान र सञ्चार प्रविधिको विकासलाई पनि नयाँ दृष्टिकोणबाट बुझ्न सहयोग पु¥याउन सक्छ। यसका लागि प्राचीन ज्ञानलाई अन्धविश्वासका रूपमा स्वीकार गर्ने वा पूर्ण रूपमा अस्वीकार गर्नेभन्दा पनि प्रमाण, अनुसन्धान र वैज्ञानिक विधिका आधारमा अध्ययन गर्नु आवश्यक हुन्छ।
यसरी पूर्वीय ज्ञान परम्परा र आधुनिक विज्ञानबीच संवाद तथा अनुसन्धानको वातावरण निर्माण गर्न सकेमा ज्ञानको संरक्षण मात्र नभई त्यसको आधुनिक प्रयोग र विकासका लागि समेत महत्त्वपूर्ण आधार तयार हुन सक्छ।







Facebook Comments