
काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि पद्म ज्योति समूहले १ करोड रुपैयाँ सहयोग गरेको छ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला निजी क्षेत्रबाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग थपिने क्रम जारी छ।
अर्थ मन्त्रालयका अनुसार हालसम्म कोषमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। सरकारले कोषमा जम्मा भएको रकम बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा परिचालन गर्ने जनाएको छ।









Facebook Comments