
काठमाडौँ । बाढी र पहिरोका कारण सडक सम्पर्क प्रभावित बनेको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। काठमाडौँबाट धुन्चेसम्मको वैकल्पिक सडकमार्ग चार चक्के साना सवारीसाधन सञ्चालन हुने गरी खुला गरिएको हो।
काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डमा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सडक खुलाइएको जनाइएको छ।
सडक सञ्चालनमा आएसँगै बाढी तथा पहिरोका कारण सडक सम्पर्कबाट प्रभावित बनेको रसुवाको आवतजावत पुनः सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सेवाका लागि धुन्चे आवतजावत गर्नेहरूलाई यसबाट राहत पुग्ने देखिएको छ।
यद्यपि, सडकखण्डका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायम रहन सक्ने भएकाले मौसम र सडकको अवस्थालाई ध्यानमा राखेर सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।









Facebook Comments