
काठमाडौं — नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। सोमबार प्रतितोला २ सय रुपैयाँ घटेको सुनको भाउ यसदिन एकैदिन ठूलो अंकले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ। यस वृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार १ सय १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।
त्यसैगरी, अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ४ सय २ अमेरिकी डलर को आसपासमा कारोबार भइरहेको छ।









Facebook Comments