काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७९ पैसा रहेको छ । युरोको खरिददर १७५ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ। 

ad

त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५७ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

थाइ भाटको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा तथा बिक्रीदर १० रुपैयाँ ७८ पैसा रहेको छ ।