काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार ८००ले वृद्धि भई रु तीन लाख एक हजार ७०० कायम भएको छ । गत शुक्रबार एक तोला सुन रु दुई लाख ९६ हजारमा कारोबार भएको थियो ।

ad


यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ६५ ले बढेर रु चार हजार ६४५ पुगेको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ५८० मा किनबेच भएको थियो ।  प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।