ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीएको जुन २०२६ परीक्षा सत्रमा नेपाल र विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्।

कलेजका अनुसार विद्यार्थीहरूले विभिन्न विषयमा नेपाल प्रथमसहित विश्व वरीयतामा पनि उल्लेखनीय स्थान सुरक्षित गरेका छन्। बीपीसी एसीसीए प्लेटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर–आधारित परीक्षा (सीबीई) केन्द्र हो।

ad


जुन २०२६ परीक्षा सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमा साहारा मागिया (परफर्मेन्स म्यानेजमेन्ट) नेपाल प्रथम र विश्व आठौँ, आशुतोष शर्मा (स्ट्राटेजिक बिजनेस रिपोर्टिङ) नेपाल प्रथम र विश्व ११औँ, नेहा खतिडा (स्ट्राटेजिक बिजनेस लिडर) नेपाल प्रथम र विश्व १८औँ भएका छन्।

त्यस्तै, राकेश साह (SBR) नेपाल दोस्रो र विश्व १३औँ, शेलिस्मा शिवाकोटी (PM)  नेपाल तेस्रो र विश्व १३औँ तथा आशास्वी कुमारी श्रेष्ठ (एडभान्स्ड ट्याक्सेसन) नेपाल दोस्रो र विश्व १७औँ स्थानमा रहेका छन्।


विद्यार्थीहरूको सफलताप्रति बधाई दिँदै ब्रिटिस एजुकेसन ग्रुपका हेड अफ प्रोफेसनल एजुकेसन दीपेन्द्र के। श्रेष्ठले यी उपलब्धि विद्यार्थीहरूको अथक मिहिनेत र कलेजका अनुभवी शिक्षकहरूको निरन्तर सहयोगको परिणाम भएको बताए।

उनले अन्तर्राष्ट्रिय स्तरको शिक्षण वातावरण उपलब्ध गराउँदै विद्यार्थीलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउने बीपीसीको प्रतिबद्धता यस्ता नतिजाले थप पुष्टि गरेको उल्लेख गरे।

कलेजले सेप्टेम्बर सत्रका लागि भर्ना खुला रहेको जानकारी दिँदै इच्छुक विद्यार्थी तथा वित्तीय क्षेत्रका पेशेवरलाई ललितपुरको चाकुपाटस्थित क्याम्पसमा सम्पर्क गर्न आग्रह गरेको छ। सीमित सिट भएकाले समयमै भर्ना प्रक्रिया पूरा गर्न पनि कलेजले अनुरोध गरेको छ।

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिस प्रोफेसनल कलेज नेपालमा वित्त तथा लेखा शिक्षामा केन्द्रित शैक्षिक संस्था हो। एसीसीए प्लेटिनम अप्रुभ्ड लर्निङ पार्टनरको मान्यता प्राप्त कलेजले अन्तर्राष्ट्रियस्तरको लेखा तथा वित्त शिक्षा प्रदान गर्दै आएको जनाएको छ।