
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षसँग संवाद गर्दा प्रधानमन्त्रीको कद सानो नहुने, बरु समस्याको निकास खोज्न सहयोग पुग्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई प्रतिपक्षसँग खुला संवाद गर्न आग्रह गरेका छन्। उनले रास्वपालाई दुईतिहाइ बहुमतको दम्भ नपाल्न पनि सुझाव थिए । उनले सरकारका कतिपय काम कारवाहीले जनता झस्किन थालेको पनि बताए ।
प्रचण्डले लोकतान्त्रिक अभ्यासमा संवाद अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्रीले अनुभवी राजनीतिक नेतृत्व, बुद्धिजीवी र विज्ञहरूसँग छलफल गर्नुपर्ने बताए।
ठुल्ठूला अप्ठ्यारा परिस्थितिलाई निकास दिने हैसियत क्षमता राख्ने नेताहरूको पंक्ति छ। सुशासन र सामाजिक न्यायको निम्ति लड्ने नेताहरूको पंक्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पंक्ति छ। उनीहरूको अनुभव लिन, उनीहरूसँग सहकार्य गर्न, उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला ? उनले प्रश्न गरे।
प्रचण्डले आफूलाई एकपटक बोलाएर अनुभवबारे सोध्नसमेत आग्रह गर्दै भने, ‘मलाई एकचोटि बोलाएर ‘तपाईंले पनि भ्रष्टाचारविरुद्ध लड्छु भनेर सुरु गर्नुभएको थियो, सफल हुन किन सक्नुभएन ? भनेर सोधेको भए पनि हुन्थ्यो।’
उनले सरकारलाई संवाद र सहकार्यको बाटो रोज्न आग्रह गरे।









Facebook Comments