काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भेट गरेका छन् । 
सभापति लामिछानेले आज राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


सभापति लामिछानेले राष्ट्रपतिलाई समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका  बारेमा जानकारी गराएका थिए । 

ad