काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको सत्यतथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।


उनले कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सदभाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्नेमा माग गरेका हुन् । उनले यस दुःखद घडीमा ज्यान गुमाउने मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

ad

विज्ञप्तिमा मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसंग जोडदार माग गरिएको छ ।