
काठमाडौं । सर्वोच्च अदालतले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो। गत असार ३० गते बसेको मन्त्रिपरिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। साउन ४ गते यसको राजपत्रमा सूचना समेत प्रकाशन भएको थियो।
अधिवक्ता डा. प्रेमराज सिलवालले गत शुक्रबार प्रधानमन्त्री बालेन शाह,सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय,प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए।









Facebook Comments