काठमाडौं । नेपालकै पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज विशेष समारोहबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा उद्घाटन गरेका छन्।


उद्घाटनपछि मन्त्री लम्साल, जापानी राजदूत तथा जाइकाका अध्यक्षले सुरुङभित्र सवारी चलाएर औपचारिक रूपमा सवारी आवागमनको शुभारम्भ गरेका थिए।

ad

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सुरुङमार्ग पहिलो चरणमा आपतकालीन सवारीसाधनका लागि मात्रै खुला गरिनेछ। पहिलो दिन एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङ प्रयोग गर्न अनुमति दिइनेछ। सुरुङमार्गको परीक्षण तथा आवश्यक प्राविधिक प्रक्रिया पूरा भएपछि केही दिनभित्रै सर्वसाधारणका सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइनेछ। परीक्षण अवधिभर सुरूङ मार्ग भएर सञ्चालन हुने सवारी साधनले कुनै शुल्क तिर्नुपर्ने छैन।

सुरूङमार्ग ७ वर्षअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। सुरूङ मार्गको लम्बाइ २,६८८ मिटर छ।