काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबिएस प्रथम सत्रको प्रश्न पत्र आउट गरेको आरोपमा २ जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरू भएको केही मिनेटमै सामाजिक सञ्जालमा प्रश्न पत्र बाहिरिएको थियो।
उक्त प्रश्नपत्र बाहिर निकाल्ने २ जनालाई पक्राउ गरिएको र छिट्टै सार्वजनिक गरिने बताइएको छ । यसबारेमा शिक्षा मन्त्री सस्मित पोखरेलले आइजिपी दानबहादुर कार्कीसँग छलफल गरेका छन्। 

ad