दाङ ।   राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

ad

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी  अस्पताल पु¥याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।