काठमाडौं । काठमाडौंको तारकेश्वरमा एउटा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । शनिबार दिउँसो  नगरपालिका–१, झोर साङ्लामा महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तारकेश्वरकै नेपालटारकी करिब ४० वर्षीया रश्मी रिजालको शव कारको सिटमा फेला परेको परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दिलीप घिमिरेले जानकारी दिए । उनी शुक्रबारदेखि हराएको भन्दै खोजतलासका निम्ति प्रहरी कार्यालयमा निवेदन समेत दिइएको थियो ।

ad

‘महिला शुक्रबारबाट हराएको र खोजतलासको निवेदन पनि आएको उल्लेख गर्दै एसएसपी घिमिरेले खोज्ने क्रममा प्रहरीले झोर साङ्लामा महिलाको शव आफैँले चलाएर गएको गाडीभित्र फेला परेको बताए । 

उक्त कार रिजाल आफैँले चलाएर लगेको खुलेको उनले जानकारी दिए । रिजाल सानिमा क्यापिटलमा कार्यरत थिइन् ।

उनको शव पोस्टमार्टमका निम्ति महाराजगन्जस्थित शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।