काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा आत्मदाहको प्रयासपछि उपचारको क्रममा  निधन भएका मुगुका गणेश नेपाली र सर्लाहीको विवेक मण्डलको परिवारलाई १/१ लाख रुपैयाँ राहत दिएका छन्।

मुगुको सोरू गाउँपालिका—१ का २५ वर्षीय गणेश नेपालीले असार २५ गते काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग निकट आत्मदाह प्रयासपछि उपचारका क्रममा असार २६ गते वीर अस्पतालमा निधन भएको थियो।

ad

यस्तै आत्मदाहको प्रयासपछि उपचारका क्रममा सर्लाहीका ३५ वर्षीय विवेक मण्डलको पनि निधन भएको थियो ।  मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप १ लाख आर्थिक सहयोग प्रदान गरेका हुन् ।

आर्थिक सहयोगका साथै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।