
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको रिक्त वरिष्ठ नेता पदमा गोपालमान श्रेष्ठलाई मनोनयन गर्ने घोषणा गरेका छन्। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै सभापति थापाले श्रेष्ठको लामो राजनीतिक योगदान र त्यागको कदर गर्दै उनलाई वरिष्ठ नेता बनाउने निर्णय लिएको बताएका हुन्।
पार्टीभित्रका अग्रज नेताहरूको सम्मान र अनुभवलाई समेटेर अघि बढ्ने नीति अनुरूप श्रेष्ठलाई यो जिम्मेवारी दिन लागिएको थापाले स्पष्ट पारे। विगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठलाई वरिष्ठ नेता बनाउने थापाको यो घोषणासँगै पार्टीको आन्तरिक शक्ति सन्तुलनमा नयाँ समीकरण देखिने आकलन गरिएको छ।










Facebook Comments