
काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा प्रहरीले सशस्त्र प्रहरीका पूर्व एसएसपी, हास्य कलाकारसहित ३ जनालाई पक्राउ गरेको छ ।
असार १२ गते अध्यागमन विभागले ९ जना चिनियाँलाई ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले गतिविधि शंकास्पद भएको भन्दै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।
तिनै चिनियाँहरूलाई छुटाइदिन्छु भनेर आश्वासन दिने उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरूङ र सर्लाहीका नारद प्रसाद खतिवडालाई पक्राउ गरिएको अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरूलाई छाडिदिने आश्वासन दिएर ९ लाख रुपैयाँ लिएको आरोपमा तीन जनालाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गोपालकुमार सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन्। नारदप्रसाद हास्य कलाकार हुन्।










Facebook Comments