काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाउँदै डा. गोविन्द केसीले भोलि  साउन ७ देखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन् ।

दार्चुलाबाट आज विज्ञप्ति जारी गर्दै उनले साउन ५ गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिए पनि सरकारले केही प्रतिक्रिया नदिएपछि सत्याग्रहमा बस्न बाध्य भएको जनाएका छन्। विज्ञप्तिमा डा. केसीले नेपालको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने मार्गचित्र तय गरे पनि वर्तमान सरकार र सम्बद्ध निकायहरूबाट यसको कार्यान्वयनमा कुनै ठोस गृहकार्य वा तत्परता नदेखाइएको आरोप लगाएका छन् ।

ad

जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुनः सत्याग्रह सुरु गर्दै छु। यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ, डा.केसीले विज्ञप्तिमा भनेका छन् ।