
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने बताएका छन् ।
बुधवार बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित कार्यक्रममा उनले बीपी कोइरालाको स्मृतिको अवसरमा कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको जानकारी दिए।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्तिप्रति लक्षित गर्दै सभापति थापाले सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा रहेको बताए ।
पार्टीले आयोजना गरेको ग्रीन रन दौडसँग तुलना गर्दै सभापति थापाले भने– आज बिहान हामी सबै जना सँगसँगै दौडियौं, म पनि ५ किलोमिटर एकछिन पनि विराम नगरी दौडिएँ, मसँगै दौडिँदै गरेका एक जना साथीले भन्नुभयो – दाइले पनि दौडिँदै गर्दा ब्रेक नलगाई दौडिनु हुँदो रहेछ। सँगैको अर्को साथीले भन्नुभयो, कुरा एक दम मिलेको छ दाइ, गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने भनेर भन्नुभयो। मैले पनि ठिकै छ यसपालि यस्तै हो भनेंं ।










Facebook Comments