काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका मन्त्रीहरूले आजकै मितिबाट लागू हुने गरी पदबाट संयुक्त रुपमा राजीनामा दिएका छन्। बाग्मती प्रदेशमा एमालेबाट ६ जना मन्त्री छन् ।

संयुक्त रूपमा राजीनामा दिएको पत्र मुख्यमन्त्री ईन्द्र बानियाँलाई दिइएको छ। हालै बागमतीमा रहेका १४ मन्त्रालय घटाएर ८ मन्त्रालयमा झारिएको थियो। कतिपय मन्त्रीहरू विनाबिभागीय थिए। 

ad

एमाले संसदीय दल नेता जगन्नाथ थपलियाले एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नसमेत आग्रह गरेका छन्। बागमतीमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार थियो । अहिले एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् ।