
काठमाडौं । बिभिन्न हिन्दूवादी संघसंस्था आवद्ध युवाहरुले जनकपुरधामस्थित जानकी मन्दिर परिसर श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका छन्।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न बसेका श्रम संस्कृति पार्टीका कार्यकर्ताहरुलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुले लखेटेका हुन् । पार्टी कार्यक्रममा सहभागी जनकपुर जाँदा अध्यक्ष साम्पाङले मन्दिरको दर्शन गर्ने तयारी गरेका थिए । सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जानकी मन्दिर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने बताएको थियो । सामाजिक सञ्जालमार्फत साम्पाङले श्रमदाताहरुलाई दुव्र्यवहार भएको भन्दै संयमित हुन समेत आग्रह गरेका छन् ।










Facebook Comments