
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक निजी कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौंले जनाएको छ ।
बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा गाडीभित्रै रहेका एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुलेको छैन। सिट बेल्ट बाँधेको अवस्थामै एक व्यक्ति जलेको भेटिएका हुन् । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।










Facebook Comments