काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी तीन दल बनेर प्रदेशको सरकार नबनाउने बताएका छन्।

आज ललितपुरमा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले ३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताएका हुन् । उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए।

ad

उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए। प्रदेशमा ३ वटा पार्टी मिलेर सरकार बनाउनु भनेको प्रदेश सभा प्रतिपक्षबिहीन बनाउनु रहेको उनले बताए । 
उनले कांग्रेसले प्रदेशमा कुनै कम्प्रमाइज नगर्ने बताए। उनले अब कांग्रेसका नेताहरुले सोच बदलेर अगाडि बढ्नुपर्ने बताए।