
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गरेको छ ।
क्वाटरफाइनल अन्तर्गत भएको खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन सेमिफायनलमा प्रवेश गरेको हो ।
खेलको ३० औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए । ४१ औं मिनेटमा चाल्र्स डी केटेलारले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
यस जितसँगै स्पेन विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमको विश्वकपको यात्रा भने क्वाटरफाइनलबाट सकिएको छ ।










Facebook Comments