काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट काठमाडौँ आएका भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघारीलाई लागुऔषधसहित पक्राउ गरेको हो । बरामद गरिएको हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।

ad

शनिबार बिहान विमानस्थलमा गरिएको नियमित जाँचका क्रममा उनको लगेजभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको आशङ्का गरेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्रसमेत बरामद भएको बताइएको छ।