काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध लागूऔषध सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको पुणेका ५२ वर्षीय रेवराज तिघारे रहेका छन्। उनको साथबाट प्रहरीले ५ किलो ५०० ग्राम सेतो हेरोइन बरामद गरेको छ।

ad

प्रहरीका अनुसार थाइल्यान्डबाट नेपाल आएका तिघारेलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित लागूऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

उनलाई विमानस्थलबाटै लागूऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।