
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृत गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले यादवको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान मन्त्रिपरिषद्लाई नै सरकार सञ्चालनको जिम्मेवारी दिएको छ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरिएको हो।
त्यसैगरी, संविधानको धारा १६९ को उपधारा (३) अनुसार अर्को मन्त्रिपरिषद् गठन नभएसम्म हाल कायम रहेको मन्त्रिपरिषद्ले नै प्रदेश सरकारको कार्यभार सम्हाल्ने व्यवस्था गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजीनामा स्वीकृति र कार्यभार निरन्तरताबारे जानकारी दिइएको हो।
मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएसँगै मधेश प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान सरकारकै मन्त्रिपरिषद्ले प्रशासनिक तथा नियमित सरकारी कामकाज सञ्चालन गर्नेछ।








Facebook Comments