
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्की आफूलाई स्पष्टीकरण र सुनुवाइको मौका नदिई हटाइएको भन्दै आईजीपीमा पुनर्वहालीको माग गरी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
आज रिट पेस भई सर्वोच्चमा दर्ता प्रक्रियामा छ । प्रहरी महानिरीक्षकको सेवा अवधि, पदावधि र उमेरहद प्रहरी ऐन २०१२, प्रहरी नियमावली २०७१ मा सुनिश्चित भएको अवस्थामा बिनाआधार र कारण हटाइएको थापाले जिकीर गरेका छन् ।सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चसमक्ष अन्तरिम आदेशको माग गरिएको छ ।
सरकारले हिजो कार्कीलाई पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको छ । मन्त्रिपरिषदको हिजो बसेको आकस्मिक बैठकले कार्कीलाई पदमुक्त गर्दै एआईजी रहेका मनोजकुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।









Facebook Comments