काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुको बैठक आज अपरान्ह बस्दैछ ।

सरकारले नेपाल प्रहरीका महानिरीक्षक९आईजीपी० दानबहादुर कार्कीलाई पदबाट हटाएको लगायत समसामयिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन पार्टीको केन्द्रीय कार्यालय, सानेपामा पदाधिकारीहरुको बैठक बोलाइएको नेपाली कांग्रेसका एक पदाधिकारीले बताए ।

ad

बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू, सहमहामन्त्रीहरु र संसदीय दलका नेतासहित सहभागी हुनेछन् ।