काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । 
राष्ट्रपति पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरी पूजाअर्चना गरेर पुजारीबाट टीकाप्रसाद ग्रहण गरे। 

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए । 

ad