काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना तथा अफवाहहरूको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताईन् । 

ad

‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिहरूबारे सही जानकारी प्रवाह हुनुका साथै तिनको वस्तुनिष्ठ मूल्यांकन हुनु आवश्यक छ’, उनले भनिन्  । 

भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने समेत बताईन् ।