
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सरकारले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई कारवाही गरेको नभई जिम्मेवारी मात्र परिवर्तन गरेको बताएका छन् । पार्टीको निर्देशनपछि कार्कीको जिम्मेवारी फेरबदल गरिएको उनको भनाई छ ।
आज मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पोखरेलले वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी परामर्श र सल्लाह दिन नयाँ पद सिर्जना गरिएको बताए ।
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर निर्देशन आएको थियो, ‘त्यसपछि जिम्मेवारी हेरफेर गरिएको हो, उनले भने । प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिने भनेको पनि संवेदनशील जिम्मेवारी नै भएको उनले बताए ।









Facebook Comments