
काठमाडौँ । नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।
कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले दलको स्थापना दिवसको अवसरमा आज देशभर रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता, सरसफाइ गरिब तथा विपन्नलाई सहयोगलगायतका विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उहाँले तरुण दललाई प्रविधिसँग जोड्दै गतिशील बनाउन चाँडै नै नयाँ कार्यक्रम अगाडि ल्याउने बताए ।
विसं २०१० कात्तिक १० मा स्थापना भएको तरुण दलले नेपाली कांग्रेसको विचार र आदर्शलाई आत्मासाथ गर्दै जनताको लोकतान्त्रिक हक, अधिकार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आएको तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले बताए ।









Facebook Comments