
काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक युवकको शव फेला परेको छ । पोखरीबाट प्रहरीले ३५÷४० वर्षको जस्तो देखिने पुरुषको शव निकालेको हो ।
जिल्ला प्रहरी परिसरका अनुसार, ती पुरुषको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ । ती व्यक्तिको पहिचान भने अझै खुलेको छैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पुरुषले पोखरीमा हाम फालेर आत्महत्या गरेको खुलेको छ ।









Facebook Comments