काठमाडौं । गृहमन्त्री सुधन गुरुङ दुई दिने भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो । 


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक० को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। भारतीय गृहमन्त्री अमित शाहको पहलमा बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक नयाँ दिल्लीमा असोज २७ मा आयोजना हुन लागेको छ। 

ad

बैठकमा नेपालका गृहमन्त्री गुरुङसहित भारतका शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुनेछन्। 

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्।  गृहमन्त्री गुरुङ असोज २८ गने स्वदेश फर्किने छन् 
।