
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदको मतगणना पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी छ ।
आज दिउँसो १२:३० बजेदेखि मतपत्र नम्बर ११ रहेको सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदका मत मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी,सुदूरपश्चिम प्रदेशअन्तर्गत केन्द्रीय सदस्य (महिला), केन्द्रीय सदस्य (खुला), ३५ वर्षमुनिका युवा महिलातर्फ केन्द्रीय सदस्य र ३५ वर्षमुनिका युवा खुलातर्फ केन्द्रीय सदस्य पदको पनि मतगणना हुनेछ। यी पदका लागि मतपत्र नम्बर १९ रहेको सूचनामा उल्लेख छ।
समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत असोज २३ गते राति ९ बजेदेखि मतगणना सुरू भएको थियो।









Facebook Comments